वाईसिएल मकवानपुरले गर्यो सम्मान

तु खबर संवाददाता
२०७४ चैत्र २२, बिहीबार १८:३१

मकवानपुर, २२ चैत । योङ कम्युनिस्ट लिग (वाईसिएल) मकवानपुरले प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै बैठक प्रशिक्षण कायक्रम सम्पन्न गरेको छ ।

आज हेटौँडामा एक कार्यक्रमकाबिच प्रदेशसभा सांसद पुलामीसहित वाईसिएल केन्द्रिय सचिव प्रकाश पाण्डे र ३ नम्बर प्रदेश संयोजक राजन गौतमलगायतलाई सम्मान गरिएको नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।

कार्यक्रम प्रदेशसभा सदस्य पुलामीको प्रमुख आतिथ्यता र वाईसिएल केन्द्रिय सचिव पाण्डे, वाईसिएल ३ नम्बर प्रदेश संयोजक गौतम, वाईसिएल केन्द्रिय सदस्य जीवन गोले लगायतको विशेष आतिथ्यतामा भएको हो । कार्यक्रम वाईसिएल जिल्ला अध्यक्ष सुमन पाख्रिन सौगातको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुलामीले भ्रष्टचार रहित समाज निर्माणका लागि क्रान्तिकारी युवाहरु सहयोगी पुल बन्नु परे बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*