३ बालबालिकाको डुबेर मृत्यू

तु खबर संवाददाता
२०७४ चैत्र २२, बिहीबार १८:४३
File Photo

काठमाडौँ, २२ चैत । मुलुकका छुट्टाछुट्टै स्थानमा ३ बालबालिकाहरुको डुबेर मृत्यू भएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसि ईटा भट्टामा काम गर्ने मजदुर भारत घर भएका फैदुल मियाको १ बर्षीय छोरा अलमान मिया बुधबार ईटा भट्टाको पानीको खाल्डोमा डुबेर मृत्यू भएको छ ।

खाल्डोमा डुबेर घाइते भएका उनलाई उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा बाटैमा मृत्यु भएको हो ।

बर्दियाको मधुवन नगरपालिका–८ बस्ने पूर्ण बहादुर सुनारको १३ बर्षीया छोरी सर्मीला सुनारको बुधबार कुसुम्बाधाट खोलामा नुहाउने क्रममा मृत्यू भएको छ । खोलामा डुबेका उनी असक्त भएकोले उपचारको लागि जिल्ला अस्पताल गुलरीया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

महोत्तरीको गौशला नगरपालिका–९ विषरपुर बस्ने सन्जिव सिंह दनुवारको ३ बर्षीय छोरा ऋतिक सिंह दनुवारको बुधबार आफ्नै घर छेउमा रहेकोे पोखरीको डिलमा खेल्ने क्रममा पोखरीमा लडी डुबेर मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*