समाचार
राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छः मुख्यमन्त्री राई
विराटनगर १४ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिएका छन् । मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको आज उद्घाटन गर्दै उनले दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने पाठ्यक्रम तर्जुमा गर्न प्रदेश सरकार कटिबद्ध रहेको...
नयाँ शक्ति पार्टी मकवानपुरमा नयाँ ढङ्गले परिचालन हुन्छ : बिजय
मकवानपुर १४ चैत । नयाँ शक्ति पार्टी नेपाल ३ नम्वर प्रदेशका संयोजक सोनाम सिं स्याङतान बिजयले मकवानपुरमा नयाँ शक्ति पाटी अब नयाँ ढङगबाट परिचालन हुने बताएका छन् । आज भएको नयाँ शक्ति पार्टी मकवानपुरको कार्यविभाजन बैठकका प्रखुख अतिथि समेत रहेका स्याङतानले हाल जिल्लामा पार्टी केहि अस्तव्यस्त भएको भन्दै अब...
हेटौँडाबाट राजधानी सारेर काभ्रेमा पुर्याउन लिखित प्रस्ताव दर्ता
मकवानपुर, १४ चैत । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडाबाट अन्तै सार्नुपर्छ भन्दै विभिन्न कार्यक्रममा बोल्दै हिँडेका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित चुपचाप बसिरहेकै अवस्थामा काभ्रेमा राजधानी सार्नुपर्ने भन्दै ३ सांसदहरुले लिखित प्रस्ताव पेश गरेका छन् । सांसद राजेन्द्र पाण्डे र मन्त्री स्थापितले नै राजधानी अन्तै सार्ने...
बाग्मती गाउँपालिकाको लोकदोहोरीमा काभ्रे प्रथम
मकवानपुर, १४ चैत । बाग्मती गाउँपालिकामा सञ्चालित खुल्ला लोकदोहोरी प्रतियोगितामा आधार एकता संस्कृति संरक्षण काभ्रे प्रथम भएको छ । प्रतियोगितामा सहभागी १२ टोलीमध्ये काभ्रेले प्रतियोगिता जितेको हो । चैत ८ गतेदेखि १३ गतेसम्म मकवानपुरको बाग्मती गाउँपालिकामा सम्पन्न फापरबारी राम नवमी मेला तथा फापरवारी महोत्सव’ मा भएको प्रतियोगितामा काभ्रे प्रथम...
मेरुदण्ड भाचिएका पोखरेललाई बानियाँले गरे आर्थिक सहयोग
मकवानपुर १४ चैत । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले बुधबार एक विरामीलाई ५० हजार रुपियाँ उपचार खर्चस्वरुप सहयोग गरेका छन् । गत बैशाख २३ गते मोटरसाईकल दुर्घटनामा मेरुदण्ड भाच्चिएका हेटौंडा ९ पशुपतिनगर निवासी २२ वर्षिय बिवल पोखरेललाई...
विद्युत प्राधिकरणको विरुद्धमा उर्लिए स्थानीय, सडकमा चक्काजाम
महोत्तरी, १४ चैत । स्थानीयलाई बिनाकारण विद्यूत प्राधिकरणका कर्मचारीले पक्राउ गरेको भन्दै महोत्तरीमा स्थानीयहरुले चक्काजाम गरेका छन् । बुधबार बिहान रामगोपालपुर नगरपालिका – ५ का बेचन चौधरीलाई विद्युत प्राधिकरणका कर्मचारीले विना गल्ति पक्राउ गरेको भन्दै स्थानीयहरुले सडक जाम गरेका हुन् । बर्दिवास, जलेश्वर सडकखण्डमा पर्ने रामगोपालपुरमा चक्काजाम भएपछि यात्रुहरु...
होटलको रहस्य यस्तो : काम गर्न बोलाएर जबरजस्ती यौन धन्दा
काठमाडौँ, १४ चैत । होटलमा काम लगाईदिने भन्दै काममा राखेपछि जबरजस्ती यौन धन्दामा लगाउने काठमाडौँका एक होटलका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती यौन कार्यमा लगाउने काठमाडौंको गोंगबुका पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले महिलालाई सरसफाइको काम दिन्छु भनेर...
२०४२ मा सुरु गरिएको सडक अझै अलपत्र
केशबचन्द्र महरा डोटी, १४ चैत । निर्माण कार्य शुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर–बोगटान–दिपायल सडकले पूर्णता पाउन सकेको छैन । कैलालीका दुई र डोटीका चारवटा गाउँपालिका जोड्ने दिपायल –बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो २०४२ सालदेखि निर्माणकार्य थालिएको सडक हो...
उपसभामुखदेखि मन्त्रीसम्मलाई हेटौँडामा सम्मान
मकवानपुर, १४ चैत । नेकपा (माओवादी केन्द्र) हेटौँडा नगर समितिले आज प्रदेश नम्बर ३ मा माओवादी केन्द्रबाट निर्वाचित २३ जना प्रदेश सभा सदस्य, १ जना प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका १ जना गरी २५ जनालाई बधाई तथा सम्मान गरेको छ । हेटौँडाको क्लव हेटौँडामा आयोजित एक कार्यक्रमकाबीच माओवादी...
प्रहरीबाटै किशोरी बलात्कृत, गर्भपतन गर्न खोज्दा घटना सार्वजनिक
काठमाडाैं, १४ चैत । विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ । फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आरोप लागेको छ । किशोरीले बान्ता गर्न थालेपछि...










