हेटौँडाका युवकको सवारी दुर्घटनामा परि रौतहटमा मृत्यू

तु खबर संवाददाता
२०७४ चैत्र २२, बिहीबार १४:०९
File Photo

रौतहट, २२ चैत । मकवानपुरका एक युवकको सवारी दुर्घटनामा परि रौतहट जिल्लामा ज्यान गएको छ । सवारी दुर्घटनामा हेटाँैडा उपमहानगरपालिका–८ बस्ने ३८ बर्षीय सूर्य बहादुर थोकरको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्गमा ना.६ ख ३४६५ नम्बरको ईट्टा लोड भएको ट्रक बिग्रीएर मर्मत गरिरहेको अवस्थामा बुधबार ना.७ ख ८६६ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा ना.६ख ३४६५ नम्बरको ट्रक सडकबाट तल झरी रुखमा ठोएिको थियो । सोही ट्रकका चालक र सहचालक घाइते भएकोले उपचारको लागि चपुर सरकारी अस्पताल पठाइएकोमा चालक थोकरको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक चालक र सहचालक फरार भएकोले प्रहरीले खोजतलास गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*