समाचार

कर्मचारीकाे स्वैच्छिक अवकाश रद्द, ९,६५६ कर्मचारीमाथि यसरी भयाे खेलवाड

काठमाडाैं । प्रदेश तथा स्थानीय तहमा समायोजनमा जान नचाहने निजमती कर्मचारीका लागि अघिल्लो सरकारले ल्याएको स्वैच्छिक अवकाश प्याकेजलाई वर्तमान सरकारले रोकेको छ । स्वैच्छिक अवकाश नीति अहिलेको समयमा ठीक नभएको, राज्यलाई अनावश्यक आर्थिक भार पर्ने र अहिले सरकारलाई नै कर्मचारी आवश्यक पर्ने भन्दै वर्तमान सरकारले स्वैच्छिक अवकाश प्रक्रियालाई रोकिदिएको...

अाेली सरकारमाथि थपियाे चुनाैति, बलात्कारका घटना बढ्दै, आमाको उपचार गर्न अाएकी युवती नक्कली डाक्टरबाट बलात्कृत

काठमाडाैं / बलात्कारलगायतका महिला हिंसाका घटना केपी शर्मा अाेली नेतृत्वकाे सरकारका लागि चुनाैतिका रूपमा देखिएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा कायम गराउन सबै सुरक्षा निकायलार्इ हाइअलर्टकाे अवस्थामा राखेकाे भए पनि महिलामाथिका हिंसामा कमी अाउन सकेकाे छैन । पछिल्ला केही दिनदेखि बलात्कार, कुटपिट र दुर्व्यवहारका घटना बढिरहेका...

गढीको ईपाखरे–कुटडाँडा हुँदै वडा कार्यालय सडक उद्घाटन

मकवानपुर १५ चैत । मकवानपुरगढी गाउँपालिका ८ को ईपाखरे–कुटडाँडा हुँदै वडा कार्यालयसम्मको ३ किलोमिटर सडकको विहिबार उद्घाटन गरिएको छ । प्रमूख अतिथि नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले रिवन काटेर सो सडकको उद्घाटन गरेका हुन् । साविक बुढिचौर गाविसको...

काँग्रेस कमजोर भएको छैन : बानियाँ

मकवानपुर १५ चैत । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस देशभरीनै प्रदेश र संघको निर्वाचनमा पराजय भोगेको भएपनि जनमतमा भने कमजोर नरहेको बताएका छन् ।। ४ नम्बर क्षेत्र अन्र्तगत मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र...

प्रदेश नम्बर ५ मा प्रादेशिक योजना आयोग गठन

बुटवल १५ चैत । प्रदेश नं ५ को सरकारले प्रादेशिक योजना आयोग गठन गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी गरी प्रादेशिक योजना आयोगका उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक डा।प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी...

बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले डोजर चलाए

धनगढी, १५ चैत । मेयर कतिसम्म शक्तिशाली हुन्छ भन्ने कुरा प्रदेश नम्बर ७ को कैलालीमा लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईले सावित गरिदिएका छन् । उनले आफ्नै अगुवाईमा मन्त्रीको घरमा डोजर चलाई दिएका छन् । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घरमा सडक क्षेत्र...

४ नम्वर प्रदेशमा प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन

पोखरा १५ चैत । प्रदेश नं ४ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन गरेको छ । बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले समितिको संयोजकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेको बताए । त्यस्तै समितिका सदस्यमा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री...

प्रदेश नम्बर ३ का विषयगत समिति सभापतिद्वारा सपथ ग्रहण

हेटौँडा, १५ चैत । प्रदेश नम्बर ३ को प्रदेशसभाका विषयगत समितिका सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेशसभाका ५ समितिका निर्विरोध सभापतिहरुले आज प्रदेश सभा सचिवालय हेटौँडामा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । प्रदेशसभाका प्रदेश मामिला समितिमा एमालेका माधवप्रसाद पौडेल,...

लायन्स क्लबमा सुन्दर क्षेष्ठको नेतृत्व

मकवानपुर १५ चैत । लायन्स क्लब अफ नारायणी मल वर्ष २०१८/१९ को अध्यक्षमा डा.सुन्दरकुमार श्रेष्ठ चयन भएका छन् । बुधबार भएको भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । एक वर्षे कार्यकाल रहने क्लबको प्रथम उपाध्यक्षमा अञ्नन दाहाल, द्वितीय उपाध्यक्षमा मिलन थापा मगर, सचिवमा रविरमन अधिकारी र कोषाध्यक्षमा सन्तोष पराजुली...

मकवानपुरमा अवैध लागुऔषध सहित ५ जना पक्राउ

मकवानपुर, १३ चैत । अवैध लागुऔषध सहित मकवानपुरबाट ५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई मकवानपुरका विभिन्न स्थानबाट विभिन्न समयमा पक्राउ गरेको हो । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीय पंचलाल मोक्तान, बारा जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने वर्ष ३४ को गोपाल लामा, सोही वडामा...