२ वर्षपछि आँखाको ज्योति फर्किएपछि राक्सिराङका प्रजाले भने–‘अब फेरि घर बनाईन्छ’

तु खबर संवाददाता
२०७४ चैत्र २३, शुक्रबार १३:१७

मकवानपुर, २३ चैत । सुन्दर संसार हेरिरहेको आँखा अचानक नदेख्ने भयो भने के होला ? यस्तै पिडा भोगेका थिए राक्सिराङ गाउँपालिका ५ कोतासिंहका ५९ वर्षीय अभिलाल प्रजाले । मोतिबिन्दुका कारण दुबै आँखाले देख्न छाडेपछि उनी एक निराश जिवन जिउँदै आईरहेका थिए ।

तर, हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको परामर्शमा आँखाको शल्यक्रिया गरेपछि उनले फेरि आँखाको ज्योति फिर्ता पाएका छन् । आँखा देख्न सक्ने भएपछि उनले खुशी हुँदै भने–‘अब फेरी घर बनाईन्छ ।’

केही वर्षअघि उनी राक्सिराङदेखि दैनिक १ घण्टा हिँडेर आएर मनहरीमा घर बनाउने डकर्मी काम गर्थे । तर दुबै आँखा मोतिविन्दुको कारण उनले देख्न छोडेका थिए । बिहीबार हेटौडा सामुदायिक आँखा अस्पतालमा उनको दुवै आँखाको निशुल्क शल्यक्रिया भएको छ ।

श्रीमती सुर्यमाया प्रजाको हात समाउदै शल्यक्रियाकोलागि घरमा भएको ४ वटा भाले बेचेर अपुग पैसा छोरीहरुसँग सापटी लिएर आएका थिए प्रजा । शल्यक्रिया पश्चात अभिलाल आफै हिँडेर घर जान सक्ने भएका छन् । ३ छोरी र २ छोराका बावु अभिलाल मनहरीमा बनाएको धरै जसो ठूलो घर आफैले बनाएको भन्दै गर्व गर्छन । ‘अब दुई चार दिन आराम गर्छु अनि फेरी घर बनाउन हिँड्छु’, उनले खुशी हुँदै भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*