समाचार

नक्कली चिकित्सकद्धारा उपचार गर्न आएकी युवती बलात्कृत

काठमाडौँ १६ चैत । गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका डाक्टरसँग आफ्नो राम्रो चिनजान छ भनेर पाल्पा तानसेन घर भई हाल काठमाडौँ–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेका हुन् । ती युवतीलाई...

मूख्यमन्त्री पौडेललाई ‘प्रेसर’

मकवानपुर । मुख्यमन्त्री डोरमणि पौडेल आफ्नो दायित्वको कामहरुले गर्दा निकै प्रेसरमा छन् । उनले प्रदेशभित्र आफ्नो अधिकारभित्रका काम त गर्नु नै छ त्यसबाहेक पनि उनी स्थायी राजधानी यहाँ रहने कि नरहने भन्ने कुरामा प्रेसरमा छन् । एमाले स्रोतका अनुसार, केही दिनअघि काभ्रेका साँसदहरुले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट काभ्रे...

शुक्रबार भएको विष्फोटको विरोधमा लहान बन्द, मोर्चाले जिम्मा लियो

लहान १६ चैत । नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार भएको बम विष्फोटका दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आज सिरहाको लहान बजार बन्द गरियो । उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि बजार, पसल बन्द भएको संघका अध्यक्ष सुनिल महतोले जानकारी दिए । तीन÷चार महिनादेखि पटक पटक उद्योगी तथा व्यापारीकेन्द्रित...

कानून बनाउँदा सबै स्तरका व्यक्तिलाई बोलाएर बहस चलाउँछुः मुख्यमन्त्री भट्ट

कैलाली १६ चैत । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पहिचान, प्रतिनिधित्व र पहुँच नै संघीयताको मूल मर्म रहेको बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं ७ समन्वय परिषद्ले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने– “संघीयतालाई संस्थागतरुपमा विकास गर्नका लागि पहिचान...

प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधकः मुख्यमन्त्री शाही

नगरकोट १६ चैत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताएका छन् । उनले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन्न गतिविधिलाई तीव्रताका साथ कार्यान्वयनमा ल्याउने बताए । प्रदेश सरकार सञ्चालन नयाँ विषय भएको...

सिमरा महोत्सव : भेट्रान फुटबलमा आजका टिम

बारा । प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ अन्र्तगत हिजोदेखि शुरु भएको भेट्रान फुटबलमा आज चार वटा टिमबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ । आज हुने पहिलो खेल सिमरा भेट्रान ए र चपुर भेट्रानबीच भईरहेको छ भने दोश्रो खेल चितवन भेट्रान र जाउलाखेल फुटबल क्लबबीच हुनेछ ।...

प्रथम कोल्हवी गोल्डकपको उद्घाटन खेलमा एफ.सी महोत्तरी बिजयी

अनिल प्रित/ बारा प्रथम कोल्हवी गोल्डकप २०७४ को उद्घाटन खेलमा एफ.सी महोत्तरी ३–१ गोलले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा एफ.सी महोत्तरी र ए.पि.एफ पिलुवाबीच भएको खेलमा खेलको १९ औ मिनेटमा महोत्तरीका जर्सी नं. ९ का रंजित आलेले गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दोश्रो हापको...

कस्तो रहन्छ आज दिनभरको मौसम ?

काठमाडौं – पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ । उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ । अहिले वर्षा...

तीन सन्तान विदेशमै गुमे : दैव पनि हाम्रा लागि कति कठोर भैदियो

ध्रुवसागर शर्मा म्याग्दी / म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लिलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्न परेको छ । रोका दम्पतीका चार छोरा र दुई छोरीमध्ये तीनवटा छोराको वैदेशिक रोजगारीका लागि विदेश गएको अवस्थामा विदेशमा नै मृत्यु भएपछि रोका दम्पतीको बाँच्ने रहर मरेको छ ।...

सरकारले नअाँटेकाे काम धुर्मुस र जिग्रीले अाँटे

काठमाडाैं / ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो । फेसबुकमा स्टाटस लेख्दै...