लागू औषध चरेश सहित भारतीय नागरिक पक्राउ
धादिङ, २३ चैत । काठमाडौँबाट बिरगंजतर्फ जाँदै गरेको एचआर ५५ एक्स २५४९ नम्बरको कन्टेनरबाट प्रहरीले लागूऔषध चरेश जस्तो देखिने ११५ किलो सहित भारतीय नागरिकलाई पक्राउ परेको छ ।
प्रहरीले चालक भारत उत्तर प्रदेश मैनपुरी बस्ने २४ बर्षीय शशी कान्त कुशवाहलाई पक्राउ गरेको हो । गजुरी गाउँपालिका–१ गलौदी स्थित पृथ्वी राजमार्गमा उक्त कन्टेनरमा लागूऔषध चरेश ल्याउदै गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले गएराति चेक गर्दा चालकको सिट नजिक राखी ल्याईरहेको अबस्थामा उक्त चरेश जस्तो बस्तु फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
