चाँदी सहित युवक पक्राउ
रौतहट, २३ चैत । गौर नगरपालिका–३ बस्ने ३५ बर्षीय प्रदिप कुमारलाई प्रहरीले १ के.जी. २७ ग्राम चाँदी सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनी सवार बिआर ३० एम ८७१९ नम्बरको मोटरसाइकललाई बिहीबार सोही नगरपालिका–१ भंसार सुरक्षा गार्डकोे कार्यालय नजिक चेक गर्दा मोटरसाइकलको लकर भित्र राखी ल्याउदै गरेको अवस्थामा उक्त चाँदी बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
