कोठामा कोही नभएको मौका पारी लाखौँको धनमाल चोरी

तु खबर संवाददाता
२०७४ चैत्र २३, शुक्रबार १७:०४

काठमाडौँ, २३ चैत । मुलुकका विभिन्न स्थानहरुबाट गरि करिब ६ लाख २० हजारभन्दा बढीको धनमाल चोरी भएको छ ।

काठमाडौँ महानगरपालिका–७ चावहिल बुलबुले डेरा गरी बस्ने खोटाङ घर भएकी सुषमा गुरुङको कोठाबाट बिहीबार कोही नभएको अबस्थामा कोठाको ताल्चा फुटाई सुनका बिभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ सहित करीव २ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–७ चावहिल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–५ घर भएका सेते लामाको कोठाबाट बिहीबार कोही नभएको अबस्थामा नगद ७५ हजार रुपैयाँ र सुन तथा चाँदीका बिभिन्न गरगहना समेत गरी करीब १ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिका–९ पुरानो बानेश्वर डेरा गरी बस्ने शर्मिला श्रेष्ठको कोठाबाट बिहीबार नगद ४५ हजार रुपैयाँ तथा सुनका विभिन्न गहना सहित करीव १ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । फरार चोरहरुको खोजतलास गर्नुको साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*