सवारी दुर्घटनामा ३ जनाको मृत्यू

तु खबर संवाददाता
२०७४ चैत्र २२, बिहीबार १८:१५
File Photo

काठमाडौँ, २२ चैत । मुलुकका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यू भएको छ । सुनसरीको दुहवी नगरपालिका–३ स्थित भित्री सडकमा सोही नगरपालिका–२ बस्ने ५५ बर्षीय बुद्ध कार्की सिटि रिक्साबाट बुधबार लडेर गम्भीर घाइते भएकोले उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार रिक्सा चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

स्याङजाको पुतलीबजार नगरपालिका–४ छारेखोला स्थित सिद्धार्थ राजमार्गमा ध.१त ३४५ नम्बरको ट्याक्टर बुधबार सडकबाट अन्दाजी ५ मिटर तल खसेर दुर्घटना हुदाँ चालक रुपा गाउँपालिका थुम्कि बस्ने २७ बर्षीय सन्तोष परियारको ट्याक्टरमा च्यापिएर मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २६ बर्षीय धर्मराज भट्टाराईलाई उपचारको लागि पखरातर्फ पठाइएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका–७ बसपार्क स्थित पेट्रोलपम्म नजिक ना.५ख ६२६८ नम्बरको बसले सोही नगरपालिका–६ थिन बस्ने ६० बर्षीय चन्द्रबिर सुनारलाई बिहीबार ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*