समाचार
सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई हाइअलर्टमा रहन निर्देशन...
आज कुन देशको विनिमयदर कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज १६ गते बुधबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३३.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४२ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.३६ रुपैयाँ...
बाढी–पहिरोमा परेर दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता
काठमाडौं । केही दिनअघि आएको अविरल वर्षाका कारण गएको बाढी–पहिरोमा परेर दुई सय २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले दिएको जानकारी अनुसार, उक्त वर्षाका कारण गएको बाढीपहिरोमा परी आज बिहानसम्म मृत्यु हुनेको संख्या दुई सय २८ जुगेको हो । यस्तै, सो अवधिमा एक सय...
देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको हो । त्यसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी...
राहत सामग्री लिएर मकवानपुरको सिस्नेरी जाँदै लायन्स क्लब
मकवानपुर । अविरल वर्षापछि आएको बाढी पहिरोबाट प्रभावित नागरिकलाई राहत सामग्री लिएर लायन्स क्लबको टोली मकवानपुरको सिस्नेरीतर्फ गएको छ । स्थानीय प्रशासनको आव्हानमा लायन्स क्लब इन्टरनेशनल र स्थानीय लायन्स क्लबहरु टोलीको राहत सामग्री लिएर सिस्नेरीतर्फ गएको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालकी गभर्नर टासी डोल्मा तुम्बाहाङफेको...
अबैध सुनसहित हेटौंडाबाट भारतीय नागरिक पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट मंगलबार अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा देश भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ को सुजित सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी...
हेटौंडाको वनदेवी आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न
मकवानपुर । हेटौंडा–१५, स्थित वनदेवी आधारभूत विद्यालयको ३४ औं अभिभावक भेला सम्पन्न भएको छ । भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमिरेको अध्यक्षता तथा हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलामा विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेलले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, चालु आर्थिक वर्षको...
विपद्ले २१ जिल्ला प्रभावितः २२४ जनाको मृत्यु
काठमाडौं । असोज १० गतेदेखि १२ गते आएको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा गएको बाढीपहिरो लगायत विपद्बाट २१ जिल्ला प्रभावित भएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत् विपद्बाट काठमाडौं उपत्यकासहित २१ जिल्ला प्रभावित भएको जानकारी गराइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित...
हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडक सुचारु, अझै पाँच सडक अवरुद्ध
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जाने दुई सडक मात्रै संचालनमा रहेका छन् । केहीदिन अघि आएको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा अवरुद्ध बनेकामध्ये हाल दुई सडकखण्ड मात्रै संचालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । प्रहरी निरीक्षक सापकोटाका अनुसार, हाल...
अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, कञ्चनपुर, झापा, मोरङ र कैलाली जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले बाँकेको नेपालगंज उपहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ७० मिलिग्रामसहित सोमबार एक जनालाई पक्राउ गरेको छ ।...










