समाचार

आजबाट चलचित्र ग्याल्बो राजाको विशेष शो हुँदै

मकवानपुर । कालीदेवी मिडिया हाउस प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र ग्याल्बो राजाको हेटौंडामा आजबाट विशेष शो सुरु हुँदैछ । तामाङ भाषा र नेपाली भाषामा निर्माण गरिएको चलचित्र ग्याल्बो राजाको शो आज १७ गतेबाट १९ गतेसम्म हुने जनाइएको छ । चलचित्रका निर्देशक तथा नायक विनायक तामाङले चलचित्र ग्याल्बो राजा ग्रामीण...

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम...

इजरायलका लागि दुई हजारभन्दा बढीको नाम सार्वजनिक

काठमाडौं । इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथा (लट्री) मार्फत् नाम सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार ४६१ जनाको सूचीबाट दुुई हजार दुई जनामध्ये दुुई हजार ११२ जनाको नाम सार्वजनिक भएको हो । गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै...

विपद्को घटनामा परी मृत्यु हुनेको संख्या २३३ पुग्यो

काठमाडौं । केही दिन आएको अविरल वर्षापछि गएको बाढी–पहिरो लगायत विपद्को घटनामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, उक्त तथ्याङ्क आज बिहानसम्मको हो । यस्तो, सो अवधिमा बाढीपहिरामा परी अझै २२ जना बेपत्ता छन् भने १६९ जना घाइते भएका छन् ।...

बडादसैँ सुरुः आज पहिलो दिन घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री...

लागूऔषधसहित हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाँउपालिका वडा नं. ८ बस्ने वर्ष ३४ को शंकर तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरक्षिक ठाकुरप्रसाद सापकोटाले जनाएको छ । प्रहरी निरीक्षक सापकोटाका अनुसार,...

बागमतीका प्रदेश प्रमुखले गरे वर्षे अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको जारी वर्षे अधिवेशन अन्त्य गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बुधबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन बैठक अन्त्य गरेका हुन् । बागमती प्रदेशको मन्त्रिपरिाषद्को आज बिहान बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम...

नेपालमा ८ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२४ को पछिल्लो ९ महिनाको अवधिमा ८ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा गत जनवरीदेखि सेप्टेम्बर महिनासम्मा ८ लाख १६ हजार ६३९ पर्यटक नेपाल भ्रमणका लागि आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार, तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिल महिनामा आएका...

राष्ट्रिय सभाका अध्यक्षद्वारा दुई विधेयक प्रमाणित

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुई वटा विधेयक प्रमाण्ति गरेका छन् । अध्यक्ष दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालले बुधबार एब कार्यक्रमबीच तीन दुबै विधेयकलाई प्रमाणित गरेका हुन् । आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका...

माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

सुर्खेत । हुम्लामा माटोको ढिस्कोले पुरिएर बुधबार दुई जनाको मृत्यु भएको छ । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४...