समाचार
हेटौंडा–११ लाई बालमैत्री वडा घोषणा गरिँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही यही असोज १९ गते शनिबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको...
हेटौंडाबाट एक युवक पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट आज बिहान अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–२ पालुङ बस्ने २४ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले करिब १ सय ७ किलोग्राम लागूऔषध...
आजबाट सर्वोच्च अदालत बन्द
काठमाडौं । आजबाट सर्वोच्च अदालत बन्द भएको छ । नेपालीहरुको महान पर्व बडादसैँको अवसरमा आजबाट सर्वोच्च अदालत बन्द गरिएको हो । अदालत बन्द भएपनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि विदाको समयमा बिहान ११ बजेदेखि ३ बजेसम्म खुला हुने सर्वोच्च अदालतको...
वीपी राजमार्ग दसैं अगाडि नखुल्ने
काठमाडौं । वीपी राजमार्ग दसैं अगाडि नखुल्ने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले दसैं अगाडि उक्त राजमार्ग पुनः सञ्चालन गर्न नसकिने जनाएको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैं अघि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने स्थिति नरहेको बताए । उनका अनुसार, वीपी...
मकवानपुरमा कुलोमा डुबेर १८ महिने बालकको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी –६, प्रतापपुरमा कुलोमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सामुयल प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, ती बालकको घर नजिकैको खेल्ने क्रममा ५० मिटर टाढा रहेको कुलोमा डुबिरहेको अवस्थामा भेटिएका थिए । उनलाई उद्दार...
एक लाख नगदसहित १२ जुवाडे प्रहरीको नियन्त्रणमा
धनगढी । कञ्चनपुरमा नगद एक लाख रुपैयाँ बढी रकमसहित प्रहरीले १२ जुवाडेलाई नियन्त्रणमा लिएको छ । गएराति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह कुवँरको बाझो कुखुरा फार्ममा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीको नियन्त्रणमा हुनेहरु क्रमशः भीमदत्त नगरपालिका–१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती, ३५...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा । हात्तीको आक्रमणबाट झापा आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको...
गाँजासहित मकवानपुरका युवक पक्राउ
मकवानपुर । मकवानपुरका एक युवक अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाँउपालिका वडा नं. २ बस्ने बर्ष २३ को तुलराम डिङडुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताएका छन् । प्रहरी निरीक्षक सापकोटाका अनुसार, उनलाई लागूऔषध गाँजा ३ किलो २३६ ग्रामसहित विशेष...
हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ पुन: सुरु हुन अझै दुई साता लाग्ने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड पुन: सुरु हुन अझै दुई साता लाग्ने भएको छ । मंगलबार हेटौंडा–ठिंगन–बकैया हुँदै बागमती पुलसम्मको अवलोकनपछि डिभिजन सडक कार्यालय मकवानपुरका प्रमुख गुरु अधिकारीले उक्त सडक पुनर्निर्माण गरी सुचारु गर्न दुई साता लाग्ने बताएका हुन् ।...
मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मनहरी र मकवानपुरगढी गाउँपालिकामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्यामिरे खोलाले बगाएर बुधवार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–५ सिमलटार बस्ने ६४ वर्षीया...










