वीपी राजमार्ग दसैं अगाडि नखुल्ने
काठमाडौं । वीपी राजमार्ग दसैं अगाडि नखुल्ने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले दसैं अगाडि उक्त राजमार्ग पुनः सञ्चालन गर्न नसकिने जनाएको हो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैं अघि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने स्थिति नरहेको बताए ।
उनका अनुसार, वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्रै १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ ।
कुल १८ किलोमिटर लम्बाइको यस खण्डमा पहाड काटेर वैकल्पिक सडक बनाउन कठिन परिस्थिति रहेको उनले बताए ।
गत बिहीबारदेखि परेको अविरल वर्षाले भकुण्डे–नेपालथोक सडकको १२ किलोमिटर खण्डमा बाढीले सडक बगाएको थियो ।
