समाचार
अखिल क्रान्तिकारीको चुनाव प्रक्रिया स्थगित
काठमाडौं । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको चुनाव प्रक्रिया स्थगित भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले चुनाव पक्रिया स्थगित गरेको हो । पदाधिकारी बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड) निवास खुमलटारमा बसेका थियो । एक विद्यार्थी नेताका अनुसार, अझैपनि सहमतिको प्रयास गरिरहेको र नभएको...
भारतमा हेलिकोप्टर दुघर्टनामा परेर तीन जनाको मृत्यु
नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार हेलिकप्टर दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु हो । उक्त घटना बिहान ६ः४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको जनाइएको छ । अक्सफोर्ड...
स्रोत नखुलेको साढे ११ लाख रुपैयाँसहित एक जना पक्राउ
महोत्तरी । मनरासिस्वा नगरपालिका–२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ सम्सी, गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अली रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागमती हेटौंडाको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । डा. ज्ञवाली ४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त भएका हुन् । पाल्पा घर भएका उनलाई सामाजिक विकास मन्त्री हरिप्रभा...
नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । महाशाखाका अनुसार, डेंगु संक्रमण भएका देशभर १४ हजार ९७५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । उक्त तथ्याङ्क गत माघ दोस्रो साता यताको हो । देशभर ७७ जिल्लामध्ये ७६...
हेटौंडामा हुने भनिएको लाईभ सेलो साँझ स्थगित
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भनिएको ‘लाईभ सेलो साँझ–२०८१’ स्थगित भएको छ । यही असोज १९ गते हेटौंडाको पल्पसा सभाहलमा हुने भनिएको उक्त कार्यक्रम स्थगित गरिएको हो । उक्त कार्यक्रम ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिको आयोजना हुन लागेको थियो । आयोजकले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत कार्यक्रम स्थगित भएको...
दुई दिनपछि संचालनमा आयो हेटौंडा–भैसे–भीमफेदी सडक
मकवानपुर । पहिरोका कारण अवरुद्ध बनेको हेटौंडा–भैंसे–भीमफेदी सडक पुनः संचालनमा आएको छ । सोमबार बिहान भीमफेदी गाउँपालिका वडा नम्वर, ४ रातोमाटेस्थित माथिबाट ठूलो पहिरो खसेर अवरुद्ध भएको उक्त सडक पुनः संचालनमा आएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले दिएको जानकारी अनुसार, उक्त स्थानमा गएको पहिरो...
बागमती प्रदेशः चालु वर्षे अधिवेशन आजदेखि अन्त्य हुने
मकवानपुर । बागमती प्रदेश सभाको वर्षे अधिवेशनको रुपमा चालु अधिवेशन आजबाट अन्त्य हुने भएको छ । आज बिहान बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए । प्रवक्ता...
बाढी–पहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति
काठमाडौं । केही दिन अघि आएको अविरल वर्षापछि बाढी र पहिरो जाँदा १७ अर्बभन्दा बढी धनजनको क्षति भएको छ । बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार रु १७ अर्ब बराबरको क्षति भएको सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । बाढी– पहिरोबाट कृषि क्षेत्रमा करिब रु छ अर्बभन्दा...
मकवानपुरबाट दुई गर्भवतीको हेलिकोप्टरमार्फत् उद्धार
मकवानपुर । मकवानपुरबाट दुई गर्भवती महिलाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीबाट हिजो असोज १५ गते मंगलबार दुई गर्भवती महिलाको उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई पठाइएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । उनका अनुसार, इन्द्रसरोवर–३ दाप्राङ घर...










