समाचार
मंगलबार साढे ४ प्रतिशतले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार परिसूचक (नेप्से) उकालो लागेको छ । यसदिन नेप्से ४.५७ प्रतिशत (११४.७० अंक)ले बढेर २६२३.५६ बिन्दुमा उक्लिएको हो । यस्तै, आज कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ । आज कुल १ करोड ७५ लाख ७ हजार कित्ता...
एमालेले राहत कोषमा ५० लाख जम्मा गर्ने
काठमाडौं । नेकपा एमालेले बाढी–पहिरो प्रभावितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँ राह कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उपमहासचिव गुरुङका अनुसार, साथै बैठकले सांसदहरुको १५ दिनको पारिश्रमिक राहत कोषमा...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प महसुस
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज (मंगलबार) दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको र यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो समयमा देशको विभिन्न स्थानमा केन्द्रविन्दु...
कैलाश गाउँपालिकामा किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालिम सम्पन्न
हेटौंडा । कैलाश गाउँपालिकामा तीन दिने किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालिम सम्पन्न भएको छ । असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको तालिममा पालिका भित्रका ४८ वटा विद्यालयबाट १÷१ जना शिक्षकको सहभागिता रहेको थियो । तालिममा विद्यालय उमेरका बालबालिकाहरुको सुरक्षा र आत्मरक्षा सीप विकाससम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण...
बागमती प्रदेश सर्वदलीय बैठकः मृतकका परिवारलाई दुई लाख उपलब्ध गराउने निर्णय
मकवानपुर । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढी, पहिरो र डुवानबाट मृत्यु भएकाको परिवारलाई तत्काल राहत स्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा सोमबार साँझ ललितपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठकले उत्त निर्णय गरेको हो । सर्वदलीय बैठकले विपद्बाट...
विपद्ः २१७ जनाको मृत्यु, २८ जना बेपत्ता
काठमाडौं । केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरो लगायत विपद्को घटनामा परेर हाल सम्म मृत्यु हुनेको संख्या दुई सय १७ जना पुगेको छ । असोज १० गतेदेखि १२ गतेसम्म आएको वर्षाका कारण आएको बाढी–पहिरोमा परेर दुई सय १७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृह...
आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा...
कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक आह्वान
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आह्वान गरेको जनाइएको हो । जसनुसार, संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र...
पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगम सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोलियम पदार्थको भाउ घटाउने निर्णय गरेको हो । जसनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटेको छ । त्यस्तै, आन्तरिक...
सरकारद्वारा तीन दिन राष्ट्रिय शोक घोषणा
काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानलगायत विपद्का कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार (आज) देखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता...










