सरकारद्वारा तीन दिन राष्ट्रिय शोक घोषणा

तु खबर संवाददाता
२०८१ आश्विन १५,मंगलवार ०९:१३
file-photo

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानलगायत विपद्का कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार (आज) देखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दिएको जानकारी अनुसार, राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ । तर, सार्वजनिक बिदा भने हुने छैन ।

यस्तै, बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने जनाइएको छ ।

प्रधानमन्त्री ओली सोमबार साँझ मात्रै अमेरिका भ्रमणबाट स्वदेश फर्किएका थिए ।