समाचार

सोमबार नेप्से ४४ अंकले बढ्यो, कारोबार ३ अर्ब ७१ करोड

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उकालो लागेको छ । आज शेयर बजार परिसूचक नेप्सेमा ४४ दशमलव ४५ अंकको वृद्धि भएको छ । २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८ दशमलव ८६ बिन्दुमा उक्लिएर रोकिएको हो । यस्तै, आज परिसूचक भारी अंकले...

माओवादी केन्द्रद्वारा केन्द्रीय राहत कोष स्थापना

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढी–पहिरो–डुबानलगायत विपद् पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय राहत कोष स्थापना गरेको केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाममा रहेको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा...

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक भोलि असोज १५ गते मंगलबार दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक बानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने राज्य व्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले जानकारी दिए । उक्त बैठकमा...

पहिरोका कारण भैंसे–भीमफेदी सडकमा यातायात अवरुद्ध

मकवानपुर । पहिरोका कारण मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज बिहान पौने १० बजेको समयमा भीमफेदी गाउँपालिका वडा नम्वर ४, स्थित रातोमाटेमा माथिबाट खसेको ठूलो पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जिव श्रेष्ठले तु खबरलाई जानकारी दिए । उनका अनुसार, पहिरोका कारण...

विपद्को घटनामा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । उक्त तथ्याङ्क गृह मन्त्रालयले दिएको हो । सो मन्त्रालयका अनुसार, काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जनाको मृत्यु भएको छ । यस्तै, मृत्यु हुनेमा काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य...

भीमफेदी गाउँपालिकाद्वारा बाढी–पहिरोबाट भएको जनधनको क्षतिबारे विवरण पठाउन आह्वान

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले अविरल वर्षाका कारण सिर्जित प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिबारे विवरण संकलन गरी पठाउन आह्वान गरेको छ । पालिकाले वर्षाका कारण आएको बाढी–पहिरोलगायत विभिन्न विपद्को घटनाबाट पर्न गएको जनधनको क्षतिबारे विवरण पठाउन भनिएको पालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार, प्राकृतिक प्रकोपबाट पर्न...

हेटौंडाबाट काठमाडौं जोड्ने केही सडक संचालन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने केही सडक संचालनमा आएको छ । अविरल वर्षाका कारण आएको बाढी–पहिरोले अवरुद्ध बनेको विभिन्न सडकमध्ये केही सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । प्रहरी निरीक्षक सापकोटाका अनुसार, बाढी–पहिरोका कारण अवरुद्ध बनेको त्रिभुवन...

पहिरोले बगाउँदा बेपत्ता भएका नेपाली सेनाका कर्णेलको मृत्यु

काठमाडौं । पहिरोमा परेर बेपत्ता नेपाली सेनाका बहालवाला कर्णेल (सहायक रथी) मिलन केसीको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका निवासी केसीको पहिरोमा परेर मृत्यु भएको जनाइएको छ । उनी शनिबार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट पहिरोले बगाउँदा बेपत्ता भएका थिए । बेपत्ता उनको खोजीकार्य क्रममा शव...

धनुषाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । आइतबार बिहान लागूऔषध ब्राउनसुगर १० ग्राम ६ सय ५० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा जनकपुर उपमहानगरपालिका–१ भानुचोक बस्ने २५ वर्षीय रबिन्द्र ठाकुर र २४...

‘उद्दार कार्यमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुहोस्’

मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई उद्दारमा प्राथमिकता दिन आग्रह गरेका छन् । प्रदेश प्रमुख देवकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दै विपद् प्रभावितहरुलाई तत्काल उद्दार, राहत तथा स्वास्थ्य सेवा गर्ने क्रममा यी वर्गका नागरिकलाई विशेष प्राथमिकता राख्न आग्रह गरेका हुन्...