विपद्को घटनामा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो

तु खबर संवाददाता
२०८१ आश्विन १४,सोमबार १०:२३
सांकेतिक तस्वीर

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । उक्त तथ्याङ्क गृह मन्त्रालयले दिएको हो ।

सो मन्त्रालयका अनुसार, काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जनाको मृत्यु भएको छ ।

यस्तै, मृत्यु हुनेमा काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जना रहेका छन् ।

यस्तै, बाढीपहिरोमा परेर ४१ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् । उनीहरुको खोजीकार्य जारी गरेको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै, ४५ जना घाइतेको उपचार भइरहेको छ ।

३ हजार ६५४ जनालाई सकुशल उद्धार गरिएको  छ ।