समाचार
पहिरोमा परी बेपत्ता वत्सलादेवीका ६ विद्यार्थीको शव फेला
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत ६ विद्यार्थीको शव भेटिएको छ । कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर ताल भरिएर शनिबार विहान जलाशयको २ वटै ढोका खोलीएपछि विद्यालयको छात्राबासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा बेपत्ता भएका ६ जना बेपत्ता भएका थिए । बेपत्ता ६ जनाको...
विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको शनिबार साँझ बसेको आकस्मिक बैठकले बाढी–पहिरो, डुबानलगायत विपद्मा परेका नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेकोे बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले जानकारी दिए । बैठकले प्रदेश सरकारका निकायबाट क्षतिको...
त्रिवि र पूर्वाञ्चलको १३ र १४ गते हुने परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको सम्पूर्ण परीक्षा स्थगित गरेको छ । असोज १० देखि संचालनमा रहेको स्नातक तह दोस्रो वर्षको आज असोज १३ गते हुने परीक्षा स्थगित भएको त्रिविले जनाएको छ । त्रिविका अनुसार, मानविकी, शिक्षा शास्त्र तथा व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान...
मौसम अनुकूल भएसँगै हवाई सेवा संचालन
काठमाडौं । मौसम अनुकूल भएसँगै हवाई सेवा संचालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै देशका अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा संचालनमा आएको हो । आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार,...
नौबिसे–नागढुंगा सडकको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्था भेटियो
काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा आज बिहान एउटा बस पुरिएको अवस्थामा भेटिएको छ । उक्त बस निकाल्न डोजरको प्रयोग गरेर पहिरो पन्छाई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बसको केही भाग मात्र देखिएको छ भने सो बसको नम्बर पनि खुलेको छैन । गोरखाबाट शुक्रबार काठमाडौंका लागि छुटेको...
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी–पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी सर्वदलीय बैठक डाकेका थिए । नेपाल सरकारले पहल...
हेटौंडा–काठमाडौं जोड्ने सबै सडक थप्प
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सबै सडक थप्प भएको छ । बिहीबारबाट परेको अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा आएको बाढी र पहिरोले गर्दा हेटौंडाबाट काठमाडौं जाने लामो तथा छोटो दुरीका सबै सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार,...
सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुमको दुई छुट्टाछुट्टै स्थानमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेहरुमा सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका...
सुकिला नोटको वितरण आजबाट सुरु
काठमाडौं । नेपालीहरुको महान पर्व बडादसैँका लागि नेपाल राष्ट्र बैंकले ‘सुकिला नोट’ को वितरण आजबाट सुरु गर्ने भएको छ । बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य–मुख्य...
कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो १ः०० बजे बस्ने गरी कार्यवाहक प्रधानमन्त्री सिंले सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको छ । उनका सचिवालयका अनुसार, अविरल वर्षापछिको बाढी–पहिरो एवम्...









