मौसम अनुकूल भएसँगै हवाई सेवा संचालन

तु खबर संवाददाता
२०८१ आश्विन १३, आईतवार १०:३७

काठमाडौं । मौसम अनुकूल भएसँगै हवाई सेवा संचालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै देशका अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा संचालनमा आएको हो ।

आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार, सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ।

प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए ।

यसअघि प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो ।