समाचार
एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक आह्वान गरेका हुन् । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
घर लिप्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
गुल्मी । गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका–२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् । घाइते उनको गुल्मी अस्पतालमा...
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
धनगढी । कैलालीमा सावरी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा जानकी...
मृतकका परिवारलाई एक लाख दिने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोलगायत विपद्को घटनामा परी मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी...
स्वदेश फर्किए प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका गएका उनी सोमबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । उनले अमेरिकामा रहँदा राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेका थिए । उनी नेपाली प्रतिनिधिमण्डलको...
मकवानपुरमा २३ जना डेंगु र ७ जना स्क्रब टाइफसका बिरामी भेटिए
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा २३ जना डेंगु संक्रमित बिरामी र ७ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २० जना र मनहरी गाउँपालिकाका ३ जना डेंगु संक्रमण पुष्टि भएको हो । यसैगरी, सोही अवधिमा हेटौंडा उपमहानगरपालिकाका ५ जना...
अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, बाजुरा, बर्दिया, पर्सा र रुपन्देही जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–१३ भरैयाबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ५० ग्रामसहित आइतबार दिउँसो एक जनालाई पक्राउ गरेको...
बागमती सरकारले चणिकलाललाई नगदसहित सम्मान गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले काभ्रेका चणिकलाल तामाङलाई नगदसहित सम्मान गर्ने भएको छ । ललितपुर महानगरपालिका–२५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका चणिकलाललाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको हो । उनलाई नगद एक लाख ५० हजार रुपैयाँसहित सम्मान गर्न लागेको प्रदेशका मुख्यमन्त्री बहादुर...
विपदमा परी मृत्यु हुनेको संख्या २०४ पुग्यो
काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या देशभर दुई सय चार जनाको पुगेको छ । गत असोज ११ देखि आज (सोमबार) दिउँसोसम्म दुई सय चार जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार, बाढी, पहिरो र डुबानमा परी कोशी प्रदेशमा २३...
नुवाकोटमा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते
नुवाकोट । नुवाकोटमा माइक्रो बस दु्र्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्वर ८, अदुवाबारीमा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार, काठमाडौंबाट लमजुङका लागि छुटेको उक्त माइक्रो बस दुर्घटना भएको हो । पृथ्वी...









