विपदमा परी मृत्यु हुनेको संख्या २०४ पुग्यो

तु खबर संवाददाता
२०८१ आश्विन १४,सोमबार १६:०७

काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या देशभर दुई सय चार जनाको पुगेको छ ।

गत असोज ११ देखि आज (सोमबार) दिउँसोसम्म दुई सय चार जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार, बाढी, पहिरो र डुबानमा परी कोशी प्रदेशमा २३ जना, मधेशमा ३, काठमाडौं उपत्यकामा ८२ जना, बागमती प्रदेशमा ९४ जना र लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

यस्तै, बाढी–पहिरो र डुवानलगायत विपद्को घटनामा परी २८ जना बेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य जारी राखिएको छ ।

साथै ८९ जना घाइते भएका छन् भने तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।