घर लिप्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
गुल्मी । गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका–२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् । घाइते उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मुसाले काटेर नाङगो बनाएको बिजुलीको तारमा अचानक छुन गई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
