सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प महसुस
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज (मंगलबार) दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको र यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पछिल्लो समयमा देशको विभिन्न स्थानमा केन्द्रविन्दु बनाएर भुकम्पको धक्का महसुस भएको छ ।
यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको थियो ।