नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
महाशाखाका अनुसार, डेंगु संक्रमण भएका देशभर १४ हजार ९७५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । उक्त तथ्याङ्क गत माघ दोस्रो साता यताको हो ।
देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीका प्रमुख डा.यदुचन्द्र घिमिरेले बताए ।
उनका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा डेंगु, झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य सङ्क्रमण रोगहरूको जोखिम हुने देखिएको छ ।