बागमती प्रदेशः चालु वर्षे अधिवेशन आजदेखि अन्त्य हुने
मकवानपुर । बागमती प्रदेश सभाको वर्षे अधिवेशनको रुपमा चालु अधिवेशन आजबाट अन्त्य हुने भएको छ ।
आज बिहान बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
प्रवक्ता लामिछानेका अनुसार, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बसेको बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्री परिषद्को सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ ।
बागमती प्रदेशको प्रदेश सभाको चौथो अधिवेशन गत वैशाख १ गतेबाट सुरु भएको थियो ।