राष्ट्रिय सभाका अध्यक्षद्वारा दुई विधेयक प्रमाणित
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुई वटा विधेयक प्रमाण्ति गरेका छन् ।
अध्यक्ष दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका हुन् ।
अध्यक्ष दाहालले बुधबार एब कार्यक्रमबीच तीन दुबै विधेयकलाई प्रमाणित गरेका हुन् ।
आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने पनि अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि सो विधेयक ऐन प्रारम्भ हुनेछ ।