माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
सुर्खेत । हुम्लामा माटोको ढिस्कोले पुरिएर बुधबार दुई जनाको मृत्यु भएको छ ।
घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् ।
प्रहरीका अनुसार, ताँजाकोट गाउँपालिका–३ रामगाउँका उनीहरू दसैँमा घर सजावटका लागि माटो खन्न गएको बुझिएको छ ।