बागमतीका प्रदेश प्रमुखले गरे वर्षे अधिवेशन अन्त्य

तु खबर संवाददाता
२०८१ आश्विन १६,बुधबार १७:४८

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको जारी वर्षे अधिवेशन अन्त्य गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले बुधबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन बैठक अन्त्य गरेका हुन् ।

बागमती प्रदेशको मन्त्रिपरिाषद्को आज बिहान बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख देवकोटा समक्ष सिफारिस गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप उनले अधिवेशन अन्त्य गरेका हुन् ।

बागमती प्रदेशको प्रदेश सभाको चौथो अधिवेशन गत वैशाख १ गतेबाट सुरु भएको थियो ।