समाचार
आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आफ्नै बुबाको हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेत रहेका छन् । उनलाई आफ्नै बुबा ५० वर्षीय यदुबहादुर बस्नेतको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, राजारामले...
राष्ट्रपतिद्वारा डेनमार्कको लागि राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार सुम्निमा तुलाधरलाई डेनमार्ककको राजदूतमा नियुक्त गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई डेनमार्ककको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका नेता साहको निधन
काठमाडौं । नेपाली कांग्रेस नेता जय गोपाल साहको निधन भएको छ । मोरङ जिल्ला कार्यसमितिका सदस्य समेत रहेका उनको गएराति निधन भएको हो । ५१ वर्षीय उनको बी एण्ड सी मेडिकल कलेज बिर्तामोडमा उपचारका क्रममा निधन भएको जनाइएको छ । उनी पूर्व महाधिवेशन प्रतिनिधि समेत हुन् । उनको निधनप्रति...
राप्रपाद्वारा केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । शुक्रबार र शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । बैठक आगामी माघ ११ र १२ गते काठमाडौंमा बस्ने गरी बोलाइएको प्रवक्ता मोहन प्रसाद श्रेष्ठले जानकारी दिए । त्यस्तै,...
१३.५३ अंकले घट्यो नेप्से
काठमाडौं । आइतबार सेयर बजार (नेप्से) परिसूचकमा गिरावट आएको छ । यसदिन परिसूचक १३ दशमलव ५३ अंकले घटेको छ । आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २ हजार ५८३ दशमलव २९ बिन्दुमा झरेको छ । आइतबार १५४ कम्पनीको मूल्य घटेको छ भने कुल ३१९ कम्पनीको सेयर खरिदबिक्री...
रुखको हाँगाले लाग्दा प्रजाकोे मृत्यु
मकवानपुर । मकवानपुरमा रुखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा .राक्सिराङ गाउँपालिका वडा नम्वर ५, ठाडे गाँउमा बस्ने अन्दाजी ५२ वर्षीय महादेब प्रजा रहेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । प्रहरी निरीक्षक सापकोटाका अनुसार, आज बिहान पौने ११ बजेको समयमा राक्सिराङ गाउँपालिका–३,...
मकवानपुर प्रहरीद्वारा अवैध गाँजा बरामद
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले शनिबार बिहान जिल्लाको मनहरी गाउँपालिका वडा नं ५ डिल्लिपुरबाट १३७ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, राक्सिराङ गाउँपालिकातर्फबाट केही व्यक्तिहरुले गाँजाको भारी बोकी पैदल जैसिङतर्फ आउँदै गरेको भनि प्रहरीलाई जानकारी गराइएको थियो । सोही...
एमालेले सचिवालय बैठक बोलायो
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । यही पुष १० गते बुधबार बस्ने गरी सचिवालयको बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी...
आज रवि लामिछानेविरुद्ध अभियोग पत्र दर्ता गरिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता गरिँदैछ । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्धसहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोग दर्ता गराउन लागेको हो ।...
टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु
विराटनगर । तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु भएको छ । शनिबार जिल्लाको मेन्छ्यायेम गाउँपालिका–५ मा खोलामा टिकटक बनाउन खोज्दा लडेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा...









