समाचार

महिला उद्यमी समूह र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा महिला उद्यमी समूह र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रमको आयोजाना गरिएको छ । अन्तरक्रिया कार्यक्रम ग्रिन फाउन्डेसन नेपालको आयोजनामा भएको हो । ग्रिन फाउन्डेसनद्वारा सञ्चालित तालिम लिएका उद्यमी समूह र मकवानपुरका सञ्चारकर्मीबकीच शनिबार अन्तरक्रिया गरिएको हो । गैसस महासंघ मकवानपुरको हलमा भएको अन्तरक्रियामा सहभागी महिला...

उपप्रधानमन्त्री सिंहद्वारा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । शनिबार रजैयामा एक औपचारिक कार्यक्रमबीच उक्त भवनको शिलान्यास गरिएको हो । उक्त भवनको शिलान्यास उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका हुन् । सो क्रममा बोल्दै उनले भवनको निर्माणको कार्य तोकिएको समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन...

हेटौंडामा चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रिमियर शो हुँदै

हेटौंडा । मुनसन सुपर स्टार मुभिज प्रालिको ब्यानरमा बनेको तामाङ कथानक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा विशेष प्रिमियर शो हुने भएको छ । यही पुष २० गते हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियरको रुपमा पहिलो शो गर्ने तयारी गरिएको चलचित्र टिमले जनाएको छ । सो बारे शनिबार पत्रकार...

हेटौंडामा सवारी दुर्घटना हुँदा ५ जना घाइते

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । शनिबार हेटौंडा–५, माछा प्लान्टमा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चौघडाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको प्र.३–०२–०० ८ प २६२८ नं. को मोटरसाईकल र हेटांैडा बजारबाट चौघडा...

नेता बानियाँको मनहरीमा सम्पर्क कार्यालय स्थापना

हेटौंडा । रमकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्नो चुनावी क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरेका छन् । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शनिबार एक कार्यक्रमबीच कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य बानियाँको सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । उपप्रधानमन्त्री सिंहले...

८७ बिगाहामा लगाइएको गाँजा र अफिम खेती फँडानी

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा र अफिम खेती फँडानी गरेको छ । प्रहरीले गत मंसिर ७ गतेदेखि आजसम्ममा जिल्लाको कैलाश, राक्सिराङ र बागमती गाउँपालिका तथा थाहा नगरपालिकाको विभिन्न क्षेत्रमा लागूऔषध गाँजा र अफिम खेती नष्ट गरेको हो । ४ पालिकामा अवैध रुपमा खेती गरिएका र प्राकृतिक...

युवा पलायन रोक्न राज्यले उचित सम्बोधन गर्नुपर्छः मन्त्री महर्जन

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । प्रदेश युवा परिषद्ले हेटौंडामा आयोजना गरेको ‘राष्ट्रिय युवा कविता उत्सव २०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले...

अवैध लागूऔषधसहित एक जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका–४ झापा चोकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित बिहीबार एक जना पक्राउ परेका छन् । प्रहरीले लागूऔषध ब्राउनसुगर ४ ग्राम ८ सय ६० मिलिग्रामसहित बिर्तामोड नगरपालिका–१ बस्ने २३ वर्षीय मनोज तामाङलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका...

हेटौंडा उपमहानगरको १६ औं नगरसभा सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १६ औं नगर सभा सम्पन्न भएको छ । नगरसभा शुक्रबार सम्पन्न भएको हो । नगर सभाले बजेटको आकारलाई २० करोड रुपियाँले बढाएको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को असारमा ल्याएको बजेटलाई संशोधन गर्दै नगरसभाले बजेटको आकार बढाएको हो । उपमहानगरको नगर सभाले उपप्रमुख राजेश...

एकीकृत समाजवादीले सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोक्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । जसअन्तर्गत नेकपा एकीकृत समाजवादी सातै प्रदेशको लागि इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख गरिएको छ । इन्चार्जमा भने पदाधिकारीलाई प्राथमिकता दिएको छ । कोशी प्रदेशको...