हेटौंडामा चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रिमियर शो हुँदै
हेटौंडा । मुनसन सुपर स्टार मुभिज प्रालिको ब्यानरमा बनेको तामाङ कथानक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा विशेष प्रिमियर शो हुने भएको छ ।
यही पुष २० गते हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियरको रुपमा पहिलो शो गर्ने तयारी गरिएको चलचित्र टिमले जनाएको छ । सो बारे शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।
प्रेम कथामा आधारित चलचित्रको ट्रेलर सोही दिन एचएमएम मिडिया युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । मकवानपुरको इन्द्रसरोवरको हुमानेमा छायांकन गरिएको चलचित्रको २४ लाख लगानीमा निर्माण सम्पन्न भएको नायक तथा निर्देशक हुत्त संजय लामाले जानकारी दिए ।
लोसाङ लामा र इकेश लामा निर्मित चलचित्रमा बिस्वजंग माझीले सह–निर्देशकको भुमिका निभाएका छन् । प्रज्वल राउतको छायाँकनमा बनेको चलचित्रमा सागर दोङ तामाङको संगीत रहेको छ ।
कार्यक्रममा तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र लामा, सचिव दिलबहादुर रुम्बा, चलचित्र पत्रकार संघ मकवानपुरका उपाध्यक्ष श्रीराम अर्जुन दाहाल, तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामा, नेपाल तामाङ संस्कृति घेदुङ मकवानपुरका अध्यक्ष अजय गोले, नेपाल पत्रकार महासंघ मकवानपुरका सहसहचिव सन्नु रिजाल, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य सरोज पौडेल, चलचित्र टिम नायक हेमकुमार तितुङ, नायिका सुनिता लुङ्बा, नायिका तारा थोकर, माया डोल्मा लामा, मनिका सिन्तान, राजकुमार तामाङ, जगत बहादुर मोक्तान र हिरा बहादुर मुक्तान लगायतको उपस्थिति थियो ।
