समाचार

एनपीएलले आज आफ्नो पहिलो विजेता पाउँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल आज हुँदैछ । यसर्थ एनपीएलले आफ्नो पहिलो विजेता आज पाउँदैछ । ३१ खेलपछि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सले उपाधीको लागि आज खेल्नेछ । फाइनल खेल शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुने जनाइएको छ । लिग चरणमा शीर्ष दुईमै...

डाँका समूहद्वारा पूर्व गाविस सचिवको हत्या

काठमाडौं । महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको हत्या गरेको छ । सो समूहले मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको लटपाट गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान करिब ४ बजेको समयमा ७/८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले लुटपाटपछि झाको हत्या गरेको हो ।...

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । आज विशव ध्यान दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको उक्त दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाइने भएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ६, २०२४ मा २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मौसम बदली भइ पूर्वी नेपालका केही ठाउँमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने आज राति हिमाली क्षेत्रमा एक–दुई...

बाजुरामा बिहानै भूकम्पको धक्का महसुस

काठमाडौं । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ४ बजेर १४ मिनेटको समयमा ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतदे जनाएको छ । उक्त भूकम्पबाट मानवीय क्षति भएको विवरण प्राप्त नभएको...

हेटौंडाबाट गाँजासहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा–१९, नेवारपानीस्थित पुर्व–पश्चिम सडकखण्डबाट लागूऔषध गाँजा १४ किलो ८३० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धादिङको रोराङ गाउँपालिका–२, ताल्ती बस्ने वर्ष ३५ को सोमिलाल चेपाङ र सोही ठाउँ बस्ने वर्ष...

ख्रीष्टमसको अवसरमा शुभकामना तथा क्यारोल कार्यक्रम

मकवानपुर । हेटौंडा–१, पानसुके चोकमा ख्रीष्टमसको अवसरमा शुभकामना तथा क्यारोल कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार हेटौंडा ख्रीष्टियन चर्चका डिकन विकास सुनारको आयोजनामा पानसुके चोकमा ख्रीष्टमस शुभकामना तथा क्यारोल कार्यक्रम भएको हो । कार्यक्रम हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा ख्रीष्टमसको शुभकामना दिँदै...

बागमती प्रदेशमा २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गरिँदै

हेटौंडा । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विद्यामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । बुधवार बसेको स्वयंसेवक छनौट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दैछ । परिषद्ले स्वयंसेवक प्रशिक्षकको...

मकवानपुर उसु संघको अध्यक्षमा पुनः बज्राचार्य

हेटौंडा । मकवानपुर उसु संघको अध्यक्षमा पुनः ज्योतिरत्न बज्राचार्यको चयन भएका छन् । बिहिबार हेटौंडामा सम्पन्न संघको छैटौं अधिवेशनले बज्राचार्यको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्ष पदमामा गंगा पौडेल, सचिवमा बिश्वनाथ पाठक र कोषाध्यक्षमा उज्वलराज शाक्य लगायतको पदाधिकारी चयन भएका छन् । यस्तै, अधिवेशनबाट लक्ष्मण अधिकारि,...

स्थगित मन्त्रिपरिषद बैठक आज बस्दै

काठमाडौं । बिहीबार स्थगित भएको मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ । बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो...