समाचार
आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ । सो बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, मध्यान्ह साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ ।...
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न निर्देशन दिएको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवम् पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको बैठकले उक्त निर्देशन दिएको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य...
कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, त्यसको प्रभावले प्रभावले आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशमा भने राति हिमाली...
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने गरी बोलाइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ बजे बस्ने गरी बोलाएको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । सो बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको उपनिर्वाचनको...
हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोईन्टस्थित पुर्व-पश्चिम सडकखण्डबाट बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा–६ बस्ने २५ वर्षीय निश्चल विश्वकर्मा र बाराको जितपुर सिमरा महानगरपालिका–३ बस्ने १९ वर्षीय आर्यन अन्सारी रहेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए...
हेटौंडामा सडक खाना महोत्सव हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडामा सडक खाना महोत्सव हुँदैछ । “सडकमा जाऔं,सडकमा खाऔं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ मकवानपुर होटल एशोसिएसन अफ मकवानपुरले चार दिने सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो । सो बारे आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । महोत्सव हेटौंडा–४ स्थित हुप्रचौरको पूर्व तर्फको...
स्थगित भयो मन्त्रिपरिषद् बैठक
काठमाडौं । आज बस्ने गरी बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । अपराह्न ४ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको जनाइएको छ ।
बागमतीका मुख्यमन्त्री लामाद्वारा ‘भेन्टिलेटर’ हस्तान्तरण
काठमाडौं । चन्द्रागिरि नगर अस्पताल थानकोटलाई ‘भेन्टिलेटर’ हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले बिहीबार आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको सो भेन्टिलेटर अस्पताललाई हस्तान्तर गरेका हुन् । जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण मुख्यमन्त्री लामाले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई हस्तान्तरण...
हेटौंडाबाट ५ जना बालश्रमिकको उद्दार
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले ५ जना बालश्रमिकको उद्दार गरेको छ । हेटौंडाको विभिन्न ठाउँमा अनुगमन गरी बालश्रममा रहेका ५ जना बालकहरुलाई उद्दार गरिएको हो । उनीहरुको नगर बाल अधिकार समितिअन्तर्गत्को बालश्रमिक उद्धार तथा पुनर्स्थापना उपसमितिद्वारा उद्दार गरिएको हो । होटल, खाजा घर, वर्कशपलगायत विभिन्न ११ ठाउँमा अनुगमन गरिएकोमा...
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । काठमाडौंबाट वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनुषा गणेशमान चारधाम नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ३८ वर्षीय राज कुमार चौधरी र धनुषा मटिहानी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–९...










