समाचार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाउने
भक्तपुर । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाइने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार, यसै वर्षदेखि लागू हुने गर्न...
जिसस मकवानपुरको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुधबार बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो क्रममा प्रमुख अतिथि देवकोटाले संविधानसंग मेल नखाएका प्रदेशका कानुनहरुलाई संशोधन गर्नुपर्ने बताए । उनले प्रदेशबासीको हित...
मनाङमा भूकम्पको धक्का महसुस
काठमाडौं । मनाङमा भूकम्पको धक्काको महसुस भएको छ । आज बिहान मनाङको नेस्याङ केन्द्रविन्दु बनाएर भूकम्पको धकका महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त केन्द्रका अनुसार, बिहान ७ः३७ बजेको समयमा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि हिजो मात्र बझाङको धामेना आसपास...
नेकपा एकीृकत समाजवादीका नेताहरुको जिम्मेवारी हेरफेर
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको ६ महिनापछि पार्टीमा नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । जसनुसार, वरिष्ठ...
हेटौंडा-८ मा दोस्रो कमाने महोत्सव २०८१ हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, कमानेमा यही पुष ११ गतेदेखि १३ गतेसम्म दोस्रो कमाने महोत्सव–२०८१ हुने भएको छ । हेटौंडा–८ को चालु कार्यक्रम अन्तर्गत “स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रबर्द्धन, स्थानीय व्यापार प्रदर्शनी” भन्ने मूल नाराका साथ उक्त महोत्सव हुन लागेको हो । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना...
स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रूपैयाँसहित मंगलबार चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२...
शेयर बजारमा गिरावट
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) ५ दशमलव ६० अंकले गिरावट आएको छ । २६३४ बिन्दुबाट सुरु भएको बजार २० मिनेटपछि बुधबारको उच्च अंक २४५६ बिन्दुमा उक्लिएको थियो । त्यसलगतै उतारचढाव भएर परिसूचक २६२८ बिन्दुमा पुगेर रोकिएको छ । आज...
राष्ट्रपतिद्वारा दुई देशका लागि नेपाली राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले भारतका लागि डा. शङ्करप्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई आवासीय राजदूूत पदमा नियुक्त गरेका हुन् । नेपालको...
लोसपाको केन्द्रीय समिति विस्तार
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समिति विस्तार गरिएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले विभिन्न जिल्लाका आठ जनालाई मनोनीत गरेर केन्द्रीय समिति विस्तार गरेका हुन् । यससँगै लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय भएको सो पार्टीका महासचिव मनिष मिश्रले जानकारी दिए । मनोनीत हुनेहरूमा क्रमशः सप्तरीका श्याम...
धितोपत्र बोर्डका कार्यकारी निर्देशकले दिए पदबाट राजीनामा
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै माघ ७ बाट लागू हुने गरी कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् । पोखरेलले एक महिनाको नोटिससहित राजीनामा पत्र बुझाएको बोर्ड स्रोतले जनाएको छ । साथै, स्रोतका अनुसार, उनले सो अवधिमा आफु...










