समाचार
एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार दिने घोषणा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) लेमंगलबार एक विज्ञप्ति जारी गर्दै पुरस्कार राशी घोषणा गरेको हो । यस्तै, उक्त प्रतियोगिताको उपविजेता समूहले ५१ लाख, तेस्रो स्थानमा रहने समूहले २५ लाख र...
रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ४ दिन म्याद थप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ४ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले बिहीबार लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यही पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दैछ । अभियोजन...
‘जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्छ’
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जोड दिएका हुन् । उनले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त...
तीन अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से आज भने करिब तीन अंक (०.११ प्रतिशत) ले बढेर २ हजार ६३३ दशमलव ८७ पुगेको छ । गत बिहीबार १ दशमलव २३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार...
हेटौंडामा बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही पुष १० गतेबाट दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदैछ । बागमती प्रदेश फुटबल संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएको हो । प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतले जानकारी दिए । उनका...
मकवानपुरमा डेंगु सक्रमितको संख्या २४१८ पुग्यो
मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या २४ सयभन्दा बढी पुगेको छ । जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या २ हजार ४ सय १८ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा १ हजार १६९ जना महिला र १ हजार...
हेटौंडामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते
मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९, बस्तिपुरमा ट्रकले ठक्कर दिँदा मोटरसाकल चालक गम्भीर घाइते भएका छन् । गएराति पुर्व–पश्चिम सडकखण्डमा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ना ६ ख ३४३१ नं. को कवाडी लोड गरेको ट्रकले लेवटतर्फबाट बस्तिपुरतर्फ जाँदै गरेको बागमति.प्रदेश. ०३–०० ४ प ४४८२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल घाइते भएका...
हेटौंडादेखि पथलैयातर्फ जाँदै गरेको कारबाट अवैध गाँजा बरामद, दुई जना पक्राउ
बारा । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बिए २२ जे ५३३३ नम्बरको कारबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार बिहान अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत मोतिहारी ग्राम पंचायत राजमुरा–१४ चाग्डी गाउँ बस्ने २६ वर्षीय...
यू–१९ महिला एसिया कपअन्तर्गत आज नेपाल र भारत खेल्दै
काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले आफ्नो दोस्रो खेलआज भारतसँग खेल्न लागेको हो । समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोेगिता...
दुर्घटनामा परेर दुई जनाको मृत्यु
हेटौंडा । देशको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । महोत्तरी र इलाममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । गएराति काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१...










