समाचार

१ सय २६ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषध गाँजासहित देशको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी र चितवन जिल्लाको विभिन्न स्थानबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय २३ किलो ३ सय ९०...

सोमबार उच्च अंकले घट्यो नेप्से

काठमाडौं । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । ५१ दशमलव ३७ अंकले बजार घट्दा परिसूचक २ हजार ६३१ बिन्दुमा झरेको हो । आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य बढेको छ । यसदिन कुल १ करोड २७ लाख ४५...

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले आज आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा आह्वान गरिएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् आमन्त्रित सदस्यहरूलाई बोलाइएको हो । काठमाडौंका पूर्व मेयर एवम् पूर्वमन्त्री पीएल सिंहको निधनपछि कांग्रेस बैठक बस्न...

आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा (पौष ०१ गते) आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । वि.सं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेको थियो...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बिर्तामोड । झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति दमक नगरपालिका–१०, सेतुमारी चोकनजिक भित्री सडक खण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर...

पूर्व मेयर पीएल सिंहको निधन

काठमाडौं । काठमाडौंका पूर्व मेयर पीएल सिंहको आज बिहान निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको बिहान चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको र ११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेस पार्टी कार्यालयमा राखिने बताइएको छ । सिंह २०४९...

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएका छन् । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेको हो । प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४ हजार २ सय ८२ मतसहित अध्यक्ष पदमा निर्वाचित भएकी...

पेट्रोलको भाउ २ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै, डिजेल र मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने निगमले...

मकवानपुरमा बिहानै स्कारपियो दुर्घटना, चार जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर–९, खरङ्गास्थित पुर्व–पश्चिम सडकखण्डमा आज बिहानै स्कारपियो दुर्घटना भएको छ । बिहान साढे ५ बजेको समयमा निजगढ बाराबाट चितवनको लागि छुटेको प्रदेश ३–०१–२२ च ६८६२ नम्वरको स्कारपियो कार आफै अनियन्त्रित भई सडक बायाँ साईडमा रहेको विद्युतको पोलमा ठोक्किएर सडकबाट अन्दाजी ५० मिटर तल...

पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) विजयी भएका छन् । उपत्यका प्रदेश निर्वाचन समितिले शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणाम आइतबार दिउँसो सार्वजनिक गरेको हो । महासंघको उपत्यका प्रदेश अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाका मतदाताले मतदान गरेर उनलाई अधयक्षमा विजयी गराएका...