समाचार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज सकिँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार सकिने भएको छ । गत बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठक आज समापन गर्न लागिएको हो । बैठकमा महासचिव घनश्याम भुसालले पेश गरेको ‘आन्दोलनद्धारा पार्टी निर्माण’, शीर्षकको कार्ययोजनामाथि स्थायी समिति सदस्यहरुले शनिबार धारणा राख्नेक्रम सकिएको छ । उपमहासचिव रामकुमार भट्टराईका...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर । भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई सूर्यविनायक नगरपालिका–१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगर रहेका छन् । प्रहरी परिसर भक्तपुरका अनुसार, जगातीबाट साँगागा जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिन्चोक जोरपाटीमा निमबहादुरलाई ठक्कर दिएको...

हेटौंडा जेसीसद्वारा आयोजित पब्लिक स्पिकिङको समापन

मकवानपुर । हेटौंडा जेसीसको आयोजनामा भएको पब्लिक स्पिकिङको समापन गरिएको छ । सन् २०२० बाट जेसीजले सुरु गरेको यो कार्यक्रमको पाँचौ संस्करण शनिबार हेटौंडामा समापन गरिएको हो । कार्यक्रम बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । सो क्रममा प्रदेश प्रमुख शर्माले युवा लक्षित...

आज देशभरको मौसम सफा रहने

काठमाडौं । आज देशभरको मौसम सफा रहने देशभरको मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको भन्दै आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने जनाएको हो । यस्तै, भोलि सोमबार बिहान तराई तथा उपत्यका धेरै...

रानी सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न

मकवानपुर । हेटौंडा–६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहको २८ औं साधारण सभा सम्पन्न भएको छ । भेला शनिबार बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष न्यौपानेद्धारा प्रस्तुत प्रतिवेदनमा समूहले गत...

मनकामना सामुदायिक वनको भेला सम्पन्न

मकवानपुर । मनकामना सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण भेला सम्पन्न भएको छ । शनिबार मकवानपुरगढी–४, कुसुमटारस्थित मनकामना माध्यमिक विद्यालयको प्राङ्गणमा समूहको २३ औं वार्षिक साधारण भेला सम्पन्न भएको हो । सो अवसरमा समूहले आफ्ना साधारण सदस्यका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा सम्मान गरेको थियो । ज्वालादेवी आधारभुत विद्यालयका...

मकवानपुरमा बिहानै ट्रक दुर्घटना, बाबु–छोरा घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५, तिनतल्लेस्थित मदन भण्डारी लोकमार्गमा आज बिहानै ट्रक दुर्घटना भएको छ । बिहान ७ बजेको समयमा हेटौंडाबाट फापरबारीतर्फ सिमेन्ट लोड लिई जाँदै गरेको ना ५ ख ४६५६ नम्वरको ट्रक सडकको बायाँ साईडमा आफै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...

बागमती प्रदेश प्रमुख देवकोटले दिए उधौली पर्वको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उधौली पूर्णिमा, धान्य पूर्णिमा, यःमरि पुन्ही तथा ज्यापू दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन् । प्रदेश प्रमुख देवकोटाले आज एक सन्देश जारी गर्दै शुभकामना व्यक्त । प्रकृतिका पुजारी किराँत समुदायले पितृ तथा अन्नदाता धर्तीमाताको पूजा गरि नाचगान, आफन्त भेटघाट गरि हर्सोल्लासपूर्वक यो...

जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बुटवल । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने...

बागमती प्रदेशः आगामी आवको योजना तर्जुमा प्रकृया सुरु

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि योजना तर्जुमा प्रकृया सुरु गरेको छ । प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशले पालिकास्तरबाटै योजना तर्जुमा प्रक्रिया सुरु गरेको हो । आयोगले स्थानीय तहको प्राथमिकताका योजना आगामी आवको योजनामा समेट्ने गरी तयारी थालेको हो । आयोगले पालिकास्तरबाटै...