समाचार

लागूऔषध गाँजासहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट शुक्रबार बिहान अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित धादिङको थाक्रे गाउँपालिका–३ निगाले बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट...

माओवादीको केन्द्रीय समिति बैठक सर्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको हो । बैठक आगामी पुस २१ गतेको लागि सरेको हो । खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको...

आईपीओ जारी गर्दै रघुगंगा हाइड्रोपावर

काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आगामी पुस २२ गते रत्नपार्कस्थित ने.वि.प्रा. को सभाहलमा आठौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभामा सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न स्वीकृति दिने प्रस्ताव पेश गरिने जनाइएको छ । यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण...

शुक्रबार सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार २०० रुपैयाँले गिरावट भएको हो । गिरावट आएसँगै आज सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा एक लाख ५४ हजार...

हेटौंडा–६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ६ नम्वर वडालाई उपमहानगरपालिकाको १० औं वडाका रुपमा बालमैत्री वडा घोषणा गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता...

कृषि क्षेत्र सरकारको प्राथमिकतामा

हेटौंडा । सङ्घीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सङ्घीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मन्त्री अधिकारीले नागरिकको आयआर्जन र रोजगारीको क्षेत्रसमेत कृषि भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । मकवानपुरको बकैया गाउँपालिकाले आफ्नै लगानीमा स्थापना गरी सञ्चालनमा ल्याएको औद्योगिक ग्रामको बिहीबार...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताको कारण बिहीबार स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाएको मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा,...

नेपाल पत्रकार महासंघको निर्वाचन आज हुँदै

काठमाडौं । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन आज हुने भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको हो । मतदान बिहान १० बजेदेखि सुरु भई साँझ ५ बजेसम्म चल्नेछ । महासंघको आगामी...

गृह मन्त्रालयद्वारा चार प्रदेशका डीआईजीको सरुवा तथा पदस्थान

काठमाडौं । गृह मन्त्रालयले चार वटा प्रदेशका डीआईजीहरुलाई सरुवा तथा पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न चार प्रदेशका डीआईहरुको सरुवा तथा पदस्थापन गरेको हो । सो कार्यालयका अनुसार, लुम्बिनी प्रदेशमा डीआईजी दानबहादुर कार्की र कोशी प्रदेशमा राजन अधिकारीलाई सरुवा गरिएको छ । यस्तै, भोलाबहादुर रावललाई गण्डकी प्रदेशमा...

नेपाली सेनामा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाको विभिन्न प्राविधिक पदमा भर्ना खुलेको छ । नेपाली सेनाले प्राड, प्राविधिक, हवाई र विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदमा ३०१ जनाका लागि भर्ना खुलाएको हो । भर्ना छनौट निर्देशनालयले आज एक सुचना जारी गर्दै नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना...