समाचार

आज तीन संसदीय समितिको बैठक बस्ने

काठमाडौं। आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ । सो...

गढीमाई मेला सुरक्षाको लागि पाँच सय सशस्त्र प्रहरी परिचालन

काठमाडौं । बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करिब पाँच सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । यही मंसिर १ गतेदेखि सुरु भएको मेला मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलालाई सुरक्षित एवम् भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं. १२ गण बाराबाट...

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ कास्की प्रहरीको हिरासतमा रहेका उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराइने भएको हो । उनी सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पक्राउ थिए । लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी...

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप गएराती दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग ३ च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मृत्यु हुनेहरुमा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा,...

छैठौँ बीर गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनकोे परिकल्पनामा पहिलो संस्करणबाट सुरु भएको छैठौँ बीर गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिताको तयारी पूरा भएको छ । गोदावरी नगरपालिका वडा नम्वर–११ चापागाउँको, प्याङ्गगाउँमास्थित खेल मैदानमा मंसिर २७ गतेबाट २९ गतेसम्म प्रतियोगिता हुने र त्यसका लागि आवश्यक तयारी पूरा...

तत्काल प्रदेश सभा बैठक बोलाउन माओवादी बागमतीको माग

मकवानपुर । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तत्काल प्रदेश सभा बैठक आह्वान गर्न माग गरेको छ । दलको कार्यालय हेटौंडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेश सभा बैठक आह्वान गर्न माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता एवम्...

हेटौंडा–६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–६ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–६ का वडाध्यक्ष...

च्यासलमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक हाल जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार अपरान्हबाट सुरु भएके हो । उक्त बैठमा पछिल्लो उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीको सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहात निकायका केही उच्च कर्मचारीको सरुवा गरिएको छ । ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ डा. बद्री रिजाललाई दिइएको छ । हाल सेन्टरको नेतृत्व गरेका डा. रुद्र मरासिनीलाई हटाएर डा. रिजाललाई जिम्मेवारी दिइएको हो । यसअघि पनि डा. रिजालले उक्त जिम्मेवारी...

मकवानपुरबाट गाँजासहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारबाट अवैध लागूऔषध गाँजासहित सोमबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–४ झ्याके बस्ने ५२ वर्षीय प्रताप सिंह मोक्तान र उनकै श्रीमती ५० वर्षीया राम माया मोक्तान रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो...