समाचार
शेयर बजारमा गिरावट, कारोबार पनि घट्यो
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजारम गिरावट आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३२ अंक घटेर परिसूचक २६६९ अंकमा कायम भएको छ । सोमबार १२ अंकले बजार घटेको थियो । यस्तै, आज ४ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ...
मुग्लिन–पोखरा सडक विस्तारः रातिको अवरोध हट्यो
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्ड विस्तारको क्रममा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्नका लागि रातिको समयमा दैनिक साढे ५ घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि खुल्ला गरिएको हो । गत मंसिर ३ देखि २३ गतेसम्म बेलुका ११ देखि...
स्कारपियो दुर्घना हुँदा ८ जनाको मृत्यु
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिकैको जंगलमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । निजगढबाट चपुरको लागि छुटेको बा १६ च ३१६२ नं.को स्कारपियो गाडी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया...
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर मनाइने उक्त दिवस आज परेको हो । यस वर्ष ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन लागिएको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले २०७५...
आजको मौसमः देशभर पश्चिमी वायुको प्रभाव
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको र त्यसको कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने जनाउको छ । महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने...
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आह्वान गरिएको छ । बैठक यही मंसिर २६ र २७ गते केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुको बारेमा छलफल हुने उपमहासचिव...
रवि लामिछानेको बयान आज पनि हुने
काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज पनि बयान हुने भएको छ । पूर्व गृहमन्त्री समेत रहेका उनलाई सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको थियो । आजबाट औपचारिक बयान सुरु हुने जनाइएको छ । बयान सकिएलगतै सभापति लामिछानेलाई...
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौताबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए । साथै उनका अनुसार,...
आधुनिक माविमा छात्रवृत्ति कोष सुरु
हेटौंडा । मकवानपुर जिल्लाका शैक्षिक व्यक्तित्व तथा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा करिब २ दशक अध्यापन गरेका सहायक प्रध्यानाध्यापक श्यामप्रसाद पराजुलीको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । उक्त कोषमा पहिलो पटक परिवारका तर्फबाट हाल काठमाडौं निवासी छोरी कल्पना पराजुली र हाल अमेरिका निवासी छोरी सम्झना पराजुलीले सोमबार १...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । तार्केश्वर नगरपालिका–१० मनमैजुबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको बाग्लुङ नगरपालिका–१० घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजुमा बस्ने ४३ वर्षीय लक्ष्य बहादुर मल्ल रहेका छन् । जिल्ला अदालत काठमाडौं बबरमहलको २०८१ भदौ १७ गते उक्त मुद्दामा पक्राउ अनुमति...









