एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौताबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए ।
साथै उनका अनुसार, बैठकमा स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि समीक्षा गरिनेछ ।
