समाचार
कांग्रेस र एमालेको संयन्त्र बैठकः यस्ता छन् निर्णयहरु
हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको बैठकले विभिन्न पाँच निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको दुई दलीय संयन्त्रको बैठकले पाँच निर्णय गरेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए । उनका अनुसार, बैठकले प्रदेश सरकारले गरेको...
बोल्दा बोल्दै अचानक ढलेका हेटौंडाका थिङको मृत्यु
मकवानपुर । बाराको जीतपुर–सिमरा उपमहानगरपालिका २२ नम्बर वडास्थित क्विक ट्वान्टी होटलमा कार्यरत मकवानपुरका एक जनाको मृत्यु भएको छ । आइतबार बिहान १०ः४५ बजे उक्त होटलमा कार्यरत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा पदमपोखरीका ५५ वर्षीय बिजय थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, साथीहरुसंग गफ गर्दा गर्दै...
न्हेगाँ जात्राको अवसरमा मंगलबार सार्वजनिक विदा
काठमाडौं । कीर्तिपुर नगरपालिकाले मंगलबार सार्वजनिक विदा दिएको छ । स्थानीय परम्परा अनुसार मंगलबार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकोले सोही अवसरमा सार्वजनिक विदा दिइएको हो । नगरपालिकाको मंसिर २३ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गढिमाई मेलास्थलबाट पेस्तोलसहित युवक पक्राउ
सर्लाही । प्रहरीले गढीमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित आइतबार साँझ एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–६, मिर्जापुर निवासी अन्दाजी १८ वर्षीय गोलु भनिने अमरजितकुमार सहानी रहेका छन् । गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एक...
आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । मध्य र पूर्वी तराइका धेरै भू–भागमा हुस्सु र थोरै भू–भागमा कुहिरो...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको छ...
राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रशारणमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रशारणका सवाल र प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सार्वजनिक सेवा प्रशारण, रेडियो नेपालले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रम बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा...
सुनको सिक्री लुटपाट गर्ने पक्राउ
काठमाडौं । सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका–२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी बस्ने ३९ वर्षीय वावु भन्ने कृष्ण प्रसाद श्रेष्ठ रहेका छन् । काठमाडौं नागार्जुन नगरपालिका–६ टोखेल...
रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ४ दिन म्याद थप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ४ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले आइतबार लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते शुक्रबार प्रहरीले काठमाडौं...
आइतबार ४६ अंकले घट्यो नेप्से, ७ अर्ब ३५ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६ अंकले घटेको छ । नेप्सेका अनुसार, आज ४५ दशमलव ९३ अंकले घटेर २ हजार ६८९ अंकमा झरेको हो । गत साताको अन्तिम दिन बिहीबार बजार उक्त परिसूचक २ हजार ७३४ दशमलव ९३ विन्दुमा...










