समाचार
बालबालिकाको संरक्षणमा ध्यान दिन प्रदेश प्रमुख देवकोटाको आग्रह
मकवानपुर । बाबुआमा तथा अभिभावक नभएर, विभिन्न कारण आफन्त नभएका, परिवारबाट अलग भएका, परिवारले त्याग गरेका, जोखिममा रहेका र बाबुआमासँग कैदी जीवन बिताइरहेका बालबालिकाहरूलाई बाल मन्दिरहरूमार्फत् संरक्षणमा राखी अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बाल संगठनको कामको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रसंशा गरेका छन् । बालबालिकाको हक हितका लागि...
महेन्द्र मावि छतिवनमा संस्मरण लेखन सहजीकरण
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका—४ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूका लागि नियमित अतिरिक्त क्रियाकलापका सन्दर्भमा संस्मरण तथा यात्रा संस्मरण सहजीकरण कार्यक्रम सम्पन्न गरेको छ । मङ्सिर २१ गते आयोजित सो कार्यक्रममा कक्षा ६ देखि कक्षा १२ सम्मका गरी ३५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । झरना–महेन्द्र...
कांग्रेसद्वारा कैलाशको ४ वडामा प्रशिक्षण
मकवानपुर । नेपाली कांग्रेसले कैलाश गाउँपालिकाको ४ वटा वडाको पार्टीका क्रियाशील सदस्य र जनप्रतिनिधिबीच संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेस कैलाश ६ नम्बर वडाको आयोजना तथा कैलाश गाउँपालिका कार्यसमितिको समन्वयमा कैलाश ६ को पकनीमा शनिबार कैलाश १,२,५ र ६ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम भएको हो । कांग्रेस...
परराष्ट्रमन्त्री राणा हेग प्रस्थान
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा नेदरल्याण्ड्स प्रस्थान गरेकी छिन् । शनिबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परराष्ट्रमन्त्री राणा नेदरल्याण्ड्सको हेग प्रस्थान गरेकी हुन् । उनले इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् । नेदरल्याण्ड्सको हेगमा रहेको उक्त अन्तर्राष्ट्रिय न्यायलयमा गत सोमबार (डिसेम्बर २)...
स्वास्थ्यमा समस्या देखिएपछी धनगढीका मेयर हमाललाई दिल्ली रेफर गरियो
काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा समस्या देखिएपछी उपचारका लागि दिल्ली रेफर गरिएकोछ । मस्तिष्क घातको समस्या देखिएपछी मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभएपछी आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल...
अमर माविको ३२ औं अभिभावक भेला सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ मा अवस्थित अमर माध्यमिक विद्यालय (मावि) को ३२ औं अभिभावक भेला सम्पन्न भएको छ । उक्त विद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको हो । भेला बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न जरुरी...
हेटौंडामा ट्वाइलेटमा लडेर बालिकाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ सिँचाइटोलमा गएराति ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी एकडाँडा गाउँपालिका–३, अजमरपटी घर भई हेटौंडा–५ मा डेरा गरी बस्ने ५ वर्षीया बालिका सिरिशाकुमारी मण्डल रहेको छ । उनी बुवासँगै डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार राति...
एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक यही मंसिर २५ गते बस्ने भएको छ । बैठक मंसिर २५ गते दिउँसो ४ बजे बस्ने गरी बोलाएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक...
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । चितवनमा गएराति गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राप्ती नगरपालिका–२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई हेटौंडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राप्ती नगरपालिका–१ स्थित पिप्लेमा ठक्कर दिएको थियो । गाडीको...
एनपिएलः आजको पहिलो खेल लुम्बिनी र सुदुरपश्चिमले खेल्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । गत शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल हुन लागेको हो । आज हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदुपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान बिहान ९ः१५ बजेबाट सुरु हुनेछ । यसअघिका दुई खेलमा...










