समाचार

किताबघरमा बालबालिकाको किताब वार्ता

मकवानपुर । किताबघर, हेटौंडाको आयोजनामा ‘बालबालिकासँग किताबका कुरा′ को पहिलो कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा –४, भैरबरोडमा रहेको किताबघरमा शुक्रबार सम्पन्न कार्यक्रममा विभिन्न ५ विद्यालयका बालबालिकाले ‘एउटै मात्र इभान′ किताबमाथि चर्चा गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका दुई वटा सामुदायिक तथा तीन संस्थागत विद्यालयका विद्यार्थी सहभागी थिए । ज्ञानोदय...

मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले पहिलो पटक पालिका स्तरीय ९ ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् आगामी २७ गते बिहीबारदेखी सुरु हुने प्रतियोगिता बारे जानकारी गराइएको हो । खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानको अध्यक्षतामा भएको सम्मेलनमा शनिबारबाटै प्रतियोगिताको लागि दर्ता...

पूर्व कर्मचारी समाज मकवानपुर गठन

मकवानपुर । कृषि विकास बैंक लिमिटेडमा सेवा गरी निवृत्त (रिटायर) भएका मकवानपुर जिल्लामा बसोबास गर्ने पूर्व कर्मचारीहरुको भेलाले पूर्व कर्मचारी समाज मकवानपुर गठन गरेको छ । पूर्व कर्मचारी र बैंकबीच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले शुक्रबार आयोजना गरिएको भेलाले गोकुलकुमार पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । बैठक यही मंसिर २४ गते बिहान ९ बजे बस्ने गरी बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुख्यसचिव पौडेलका अनुसार, बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बोलाइएको हो । सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका...

पाँच जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका पाँच जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । दर्ज्यानी चिन्ह प्रदान गर्नेहरुमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूमा डा. केदार खड्गी, डा. छन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डल रहेका...

संस्कृत विश्वविद्यालय उपकुलपतिका लागि १३ जनाको आवेदन

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि १३ जनाको आवेदन दर्ता भएको छ । विश्वविद्यालयको एक जना उपकुलपतिका लागि १३ जनाको आवेदन दर्ता भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदकहरूको दरखास्त स्वीकृत गरेको छ । आवेदन दिनेमा हरु क्रमशः प्राडा वीरेन्दकुमार लाल, प्राडा भागवत ढकाल, प्राडा गुरुप्रसाद...

हेटौंडाको विद्युत् प्राधिकरणबाट सात करोडको सामान हरायो

मकवानपुर । हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरको सामान हराएको छ । हेटौंडाको जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेख अनुसारका सामान नपाइएपछि सामान हराएको पाइएको हो । सामान हराएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन...

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने ४७ वर्षीया कमला गोले तामाङ रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, आफ्नै घरमा...

‘योजना बैंक’ स्थापना गर्दै बागमती सरकार

हेटौंडा । बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने भएको छ । पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्यका लागि ‘योजना बैंक’ स्थापना गर्न लागेको प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले जानकारी दिए । मुख्यमन्त्री लामाले बागमती प्रदेश नीति तथा योजना आयोगले नुवाकोठमा आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीलाई सम्बोधन...

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

मकवानपुर । हेटौंडा दूध वितरण आयोजना कार्यालयले पछिल्लो चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक महिनासम्ममा सो रकम बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको आयोजना कार्यालयका प्रमुख राजीव खनालले जानकारी दिए । उनका अनुसार,...