कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने ४७ वर्षीया कमला गोले तामाङ रहेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, आफ्नै घरमा बास बसेका विरबहादुर तमाङको २०६७ असोज २० गते खुकुरी प्रहार गरी हत्या गरेको घटनामा सर्वोच्च अदालतको २०७२ भदौ ११ गतेको फैसलाले कमलालाई १२ वर्ष कैद सजाय ठहर गरेको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
