समाचार
प्रधानमन्त्रीलाई कालो झण्डा देखाएपछि…
झापा । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको भन्दै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । आइतबार झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए । राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका प्रदर्शनकारीलाई नियन्त्रणमा...
स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु
धनगढी । बाजुराको सदरमुकाम मार्तकाममा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेहरुमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा पन्तको घटनास्थलमै र भट्टको उपचारका...
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ३ दिनको म्याद थप
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ३ दिनको म्यान थप गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि आज थप ३ दिन म्याद थप्न अनुमति दिएको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा...
मकवानपुरका कवि मसान उपासकको कविता वाचन
चितवन । मकवानपुरका कवि मसान उपासकले चितवनमा कवितावाचन गरेका छन् । सम्पूर्ण किताब नारायणगढले शनिबार आयोजना गरेको कार्यक्रममा कवि उपासकले एक दर्जन कविता प्रस्तुत गरेका हुन् । कवि उपासकलाई समालोचक उदय अधिकारीले खादा लगाएर स्वागत गरे । त्यसलगत्तै कवि उपासकले कविता वाचनलाई अगाडि बढाएका थिए । कवि उपासकले ञजानू...
विवाहपञ्चमीको अवसरमा ३४ जोडीको सामूहिक विवाह
जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह भएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको समूहिक विवाह सम्पन्न भएको हो । जानकी मन्दिर प्रांगणमा शनिबार साँझ उनीहरुको मैथिली परम्परा अनुसार सोयम्बर तथा विवाह सम्पन्न भएको हो । उनीहरुको सम्पूर्ण वैवाहिक खर्च...
आइतबार मौसम बदली हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसम बदली हुने जनाएको छ । विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसम बदली रहने जनाएको हो । महाशाखाका अनुसार, आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ...
आज तीन संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । जसअनुसार आज दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । सो बैठकमा...
ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु
बुटवल । रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–८ प्रदीपनगर डाँडामा लु ३ त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय रामकृष्ण कुर्मी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, रुपन्देहीको...
निर्माण दिवसमा खाद्यान्न वितरण
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिका १० स्थित संस्कृत विद्यालयमा खाद्यान्न वितरण गरेको छ । संघले १७ औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा विद्यालयलाई खाद्यान्न प्रदान गरेको हो । सो अवसरमा संघका अध्यक्ष बालगोपाल कंडेलले संघले निर्माण दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत संस्कृत विद्यालयलाई...
एक करोड बढीको सुनचाँदी र नगदसहित ३ जना पक्राउ
काठमाडौं । कैलालीमा एक करोडभन्दा बढीको सुनचाँदी र नगदसहित प्रहरीले शनिबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा इलाकाबाट एक करोड बराबरको सामानसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका –१...










