समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा राजस्व हिनामिनाको उजुरी बढ्दो

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा पछिल्लो समय राजस्व हिनामिनाको उजुरी बढ्दो छ । चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्म परेका उजुरीमध्ये अधिकांश उजुरी राजस्व हिनामिनाको रहेको पाइएकोे हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका कार्यालय प्रमुख उमाकान्त आचार्यले चालु आवको चार महिनाको अवधिमा एक हजार...

स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो हेल्थ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवाको स्थापना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि उक्त हेल्लो हेल्थको स्थापना गरिएको बताए । अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका...

‘भ्रष्टाचार नियन्त्रण गर्न सबै एकजुट हुनुपर्छ’

हेटौंडो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले भ्रष्टाचार नियन्त्रण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८१ को अवसरमा सोमबार हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनल भ्रष्टाचार नियन्त्रणका लागि मन्त्रालयदेखि कार्यपालिका, न्यायपालिका सबै एकताबद्ध र एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । हिजोको विधिले...

अवैध लागूऔषध सात जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, सुर्खेत, तनहुँ र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–६ ऐठपुरस्थित त्रिवेणी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ पक्राउ...

कांग्रेसद्वारा गण्डकीको सांसदमा सुनिता थापाको नाम अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा रिक्त सांसदमा सुनिता थापाको नाम अनुमोदन गरेको छ । कांग्रेस कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी उनलाई सांसद बनाउने निर्णय गरेको हो । बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको हो । कांग्रेस सांसद विमला गौचनको मृत्यु भएपश्चात रिक्त रहेको उक्त पदमा थापालाई...

२६७६ अंकमा झर्यो सेयर बजार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १२ दशमलव ८४ अंक घटेको हो । यसदिन कारोबार रकम पनि घटेको जनाइएको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यसदिन ५...

सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । यसदिन सुन प्रतितोला ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायअी महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोलामा एक लाख ४९ हजार ७००...

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

काठमाडौं । बारामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका–४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतबार मोबाइल चार्ज गर्ने क्रममा करेन्ट...

लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत सरोकारवालाबीच अन्तरक्रिया

मकवानपुर । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत आइतबार हेटौंडामा सरोकारवालाबीच एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । ‘हामी सबैको प्रतिवद्धता–लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ नोभेम्बर २५ देखि सुरु भएको ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो...

मौसममा फेरबदलसँगै हुम्लामा हिमपात

हुम्ला । मौसममा फेरबदल भएसँगै हुम्लामा हिमपात भएको छ । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको हो । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गएरातिदेखि हिमपात भएको हो । आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको...